‘बाटो भिरको’ सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट अत्यन्त सकारात्मक प्रतिक्रिया

पोखरा, दीपेन्द्र ढकाल(राजु) । सार्वजनिक भएको छोटो समयमा नै ‘बाटो भिरको’ दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।
जीवनका संघर्ष, दुःख र पीडालाई सरल तर गहिरो शैलीमा प्रस्तुत गर्ने यो गीतका सर्जक शिव अखेली हुन् उनि आँफैले लय सिर्जना पनि गरेका छ्न् । बागलुङको बलेवामा जन्मेर हाल वैदेशिक रोजगारमा रहेका अखेलीका शव्द सिर्जनामा बजारमा आएका “भिर्ने झोला” ,”नैना रेशम” लगाएतका दर्जनौ गितले राम्रो सफलता पाएका छन् । भावनात्मक गहिराइ भएका उनका शब्दहरूलाई गायक सुर्य खड्का र निशा केसीको सशक्त स्वरले अझ प्रभावशाली बनाएको छ। यी दुवै गायक गायिकाले यसअघि पनि शिव अखेलीका थुप्रै गीतहरूमा आफ्नो स्वर दिइसकेका छन्।
गीतसँगै सार्वजनिक गरिएको सांगीतिक भिडियो पनि सशक्त बनेको छ। दुर्गा पौडेलको निर्देशनमा निर्माण गरिएको भिडियोमा गायक सुर्य खड्का स्वयं र स्मारिका ढकालले अभिनय गरेका छन्। उनीहरूको जीवन्त र सजीव अभिनयले गीतको भावनालाई अझ गहिरो बनाएको छ।

सारांशमा, ‘बाटो भिरको’ एक मार्मिक, कलात्मक र सन्देशमूलक सिर्जना बनेर आएको छ, जसले नेपाली संगीतमा भावनात्मक सम्प्रेषणको नयाँ उचाइ छोएको देखिन्छ।
भिडियो :
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल









