नयाँ फिल्ममा दिव्या, विराज र सुशील एकसाथ

नयाँ फिल्ममा दिव्या, विराज र सुशील एकसाथ

काठमाडौं । अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म ‘राम नाम सत्य’ मा अभिनय गर्ने भएकी छिन्। माइकल चन्दको निर्देशन रहने यस फिल्ममा उनी अभिनेता विराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन शेयर गर्नेछिन्। फिल्मका लागि आइतबार दिव्या र निर्माणपक्षबीच कागजी सम्झौता भएको हो। फिल्म साइन गरेपछि उनले भनिन्, “फिल्मको कथा निकै राम्रो लागेको छ। मेरो भूमिका पनि गहिरो र चुनौतीपूर्ण छ, त्यसैले सहर्ष स्वीकार गरेकी हुँ।”

‘राम नाम सत्य’ मा विराज र सुशील यसअघि नै अनुबन्धित भइसकेका छन्। उनीहरूसँग काम गर्न पाउनु आफूका लागि रमाइलो हुने दिव्याले बताइन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन साउनबाट सुरु हुने छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्मको लेखन समेत निर्देशक चन्दकै हुनेछ।

फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ निर्माता रहनेछन्। डा. डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रूपमा जोडिएका छन्। संगीत अर्जुन पोखरेल र वावुल गिरीको रहनेछ भने छायांकन सुशन प्रजापतिले गर्नेछन्। एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स मिसिएको फिल्मका लागि निर्माण टिमले केही अन्य कलाकारहरू फाइनल गरी चाँडै वर्कशप सुरु गर्ने जनाएको छ।

दिव्याले ‘एक्टर: टेक वान’ बाट रजतपटमा डेब्यु गरेकी हुन् भने उनको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो। पछिल्लो पुस्ताकी चर्चित र व्यस्त अभिनेत्रीका रूपमा उनी स्थापित हुँदै गइरहेकी छिन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =  

Protected by Spam Master