‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक

‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक

काठमाडौँ। चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने देखिन्छ ।

यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । यो सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   4   =  

Protected by Spam Master