चलचित्र ‘किस्ने कहाँ छ ? ’ को औपचारिक घोषणा

चलचित्र ‘किस्ने कहाँ छ ? ’ को औपचारिक घोषणा

काठमाडौँ। नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ चलचित्र निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। लगभग दैनिक रूपमा नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनरामा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ। चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको छ। थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छे संग कुरा गर्दै गरेको देख्न सकिन्छ।

फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन्।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ। कलाकारहरूको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।

कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ? ’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। यो फिल्म पनि नेपाली चलचित्रले पछिल्लो समय लिएको कमेडी धारलाई अगाडि बढाउने विश्वास गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   1   =  

Protected by Spam Master