मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्।
नेपाल प्रहरी क्लबमा आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका थिए ।
उक्त समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो भने दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय थियो।
सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन्।
चार प्रमुख उपाधि विजेताहरू
चाहाना प्रधान – मिस ग्राण्ड नेपाल २०२५ गरिमा गुरुङ – मिस टुरिजम वल्र्ड नेपाल २०२५ स्नेहा केसी – मिस सुपर ग्लोबल नेपाल २०२५ सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५
यी विजेताहरूले न केवल सौन्दर्यको ताज जिते, तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाए। उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन्।
मुख्य बिजेताले भख स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्। आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएक
प्रतियोगिता भव्य र स्तरिय रुपमा प्रस्तुत गरिएको थियो। यसका लागि देशकै चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए। मेकअप आर्टिस्ट रोजिना सुवाल,मिना जाकि , फोटोग्राफर सन्दीप पण्डित, भिडियोग्राफीको जिम्मेवारी आर.के ग्रुपले लिएको थियो भने प्रतियोगिताको पोशाक डिजाइनर नविन लुइँटेल तयार पारेका थिए। सम्पूर्ण टिमले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेका हुन् , जसको सबै अतिथि र दर्शकहरूले खुलेर गरेका मिस ग्रान्ड नेपालको तारिफ गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार









