२५ वर्षपछि रेखा थापा म्यूजिक भिडियोमा : किन तोडिन् पुरानो निर्णय?

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी पहिलो महिला सुपरस्टार रेखा थापा करिब २५ वर्षको लामो करियरमा म्यूजिक भिडियोको दुनियाँबाट टाढै रहिन्। जबकी उनका समकालीन तथा पछिल्ला पुस्ताका धेरै अभिनेत्रीहरू फिल्म र म्यूजिक भिडियो दुवैमा सक्रिय देखिए।
रेखाले हालसम्म एउटा मात्र म्यूजिक भिडियो खेलेकी थिइन् – त्यो पनि करियरको सुरुवातमा, आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहुँ’ मा। त्यसयता फिल्मसरह पारिश्रमिकको प्रस्ताव आए पनि उनले कहिल्यै म्यूजिक भिडियो रोजिनन्।
तर अब यो परम्परा तोड्दै उनी दोश्रोपटक म्यूजिक भिडियोमा देखिन लागेकी छन्।
साउन १६ गते सार्वजनिक हुने ‘नाइँ भनेसी नाइँ’ बोलको तीज विशेष गीतमा रेखा थापा देखिँदैछिन्। यस गीतको संगीत संयोजन र निर्देशन प्रकाश सपुतले गरेका छन्। रेखाको पुनरागमनको कारण भने यसपटक खास छ गीतको विषयवस्तु।
रेखाले भनिन्, ‘यो गीतले एक बालिका, युवती, महिला र आमाको आत्मसम्मानको सवाल उठाएको छ। त्यसैले म यो मञ्च रोज्न तयार भएँ। विगतदेखि म छोरीहरूको सवालमा उभिँदै आएकी छु। अहिले म एक आमा पनि भएकाले यो विषयलाई “नाइँ” भन्न सकिनँ।’
रेखालाई म्यूजिक भिडियोमा ल्याउने सपना भने गायक, निर्माता, निर्देशक प्रकाश सपुतको थियो। उनले तीजकै सन्दर्भमा गीतको आइडिया तयार गर्दै गर्दा रेखालाई ध्यानमा राखेर निर्माण थालेको बताए।
उनका अनुसार, ‘उहाँलाई मैले विषय सुनाउँदा उहाँले सोध्नुभयो — “यसमा फिल्म बनाउन सकिँदैन?” मैले भने — “अहिले फिल्म होइन, भिडियोमार्फत भनौं — अझ धेरैसम्म पुग्छ।” त्यसपछि दिदी तयार हुनुभयो।’
सपुतले गीतका लागि ५–७ वटा फरक मेलेडी तयार पारेका थिए। अन्ततः जुन मेलोडी र विषय फिट भयो, त्यसमा स्वर दिएका छन् एलिना चौहान र समीक्षा अधिकारीले।
रेखालाई छोएको गीतको अंश यस्ता छन् –
म त सुन्दरी परीजस्ती हुँ,
म त स्वतन्त्र चरीजस्ती हुँ,
चरीलाई जेलैमा थुन्न नखोज,
खेलौना ठानेर चुम्न नखोज।
अब हेर्न बाँकी छ — आफूले २५ वर्षसम्म टार्दै आएको मञ्चमा फेरि देखिएकी रेखा थापाले, सामाजिक सन्देश बोकेको यस भिडियोमार्फत दर्शकको मनमा कस्तो प्रभाव पार्छिन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने









