साफ यु –२० च्याम्पियनसिपमा उपविजेता टोली स्वदेश फिर्ता

काठमाडौं। साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ।
टोलीलाई लिन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रतियोगितामा भुटान र श्रीलंकलाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४–० ले पराजित भयो।
योसँगै बंगलादेशले अपराजित रहँदै १८ अंकका साथ उपाधि हात पार्यो। बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक पुर्यायो। नेपालले लिग चरणमा श्रीलंकालाई समान ७ गोलले पराजित गरेको थियो। भुटानलाई ६–१ र ८–० ले पराजित गरेको बंगलादेशसँग नेपाल ३–२ ले पराजित भएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक








