चलचित्र ‘पीआर’ को अस्ट्रेलियामा दुई सहरमा रेड कार्पेट प्रिमियर, विश्वव्यापी रिलिजको तयारी

काठमाडौँ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो।
फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिने निर्माण पक्षले जानकारी दिएको छ।
फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ। शोभित बस्नेतद्वारा निर्देशित फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ।
त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन्।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता छन्। कथा निर्देशक बस्नेतकै हो भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्। छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन भने सम्पादन बन्दे प्रसादको छ। नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको रहेको छ।
निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हालेका छन् भने प्रमुख सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन्। निर्देशक बस्नेतका अनुसार फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो।
विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, र नेपालमा रहेका परिवारजनको पीडा फिल्मको मुख्य विषयवस्तु हो।
निर्माण टिमका अनुसार ‘पीआर’ नेपाली डायस्पोराले हेर्नैपर्ने फिल्म हो। विदेश गएका छोराछोरीले र नेपालमा रहेका बुवाआमाले एक अर्कामा गर्ने आर्थिक तथा विभिन्न कुरालाई फिल्मको कथामा समेटिएको छ। फिल्मको कथाका बारेमा सुनाउदै निर्देशक बस्नेतले भने, “अहिले ‘पीआर’ प्रति अष्ट्रेलियाका विभिन्न सहरहरूमा उच्च माग देखिएको छ। चाँडै नै यो फिल्मलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा छौं।”फिल्मको रिलिजका लागि वितरकसँग छलफल भइरहेको समेत उनले भने।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
खेलकुद२०८३ भाद्र ७, आईतवार ०८:४५ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात









