विक्की अग्रवालको निर्देशनमा ‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण हुँदै

काठमाडौँ। चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबारको दिन पारी फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे घोषणा गरेको हो ।
पोस्टरअनुसार फिल्ममा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ। त्यस्तै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ।
घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र मेकिंङ टिमको जनरा अनुसार यो फिल्म पुर्ण कमेडी शैलिमा निर्माण हुनेछ ।
फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, बिकाश अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन्। फिल्मको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन् ।
फिल्मको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। हाल टेलिभिजनमा निकै लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो।
निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ। फिल्मको बजेट र प्रदर्शन मिति हाल खुलाइएको छैन। फिल्म घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, –‘आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु । ‘क का कि की’ को यस यात्रामा हामीलाई विश्वास छ कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ। हाम्रो टिम ‘कमेडी दरबार’ को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो।’
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









