‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित

‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित


काठमाडौं।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्। आइतबार निर्माण पक्ष र शर्माबीच कागजी सम्झौता सम्पन्न भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्, “फिल्म ‘सुख दुःख’ मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा हामी निकै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म अपूरो हुने थियो। अब यो फिल्म पूर्णतर्फ अघि बढ्दैछ।”

यसअघि नै फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाललाई डीओपीका रूपमा अनुबन्ध गरिसकिएको छ। उनीहरूबाहेक अन्य मुख्य कलाकारको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

निर्देशक ढुङ्गानाले केही सातापछि मुख्य कलाकारबारे जानकारी दिने बताएकी छन्। ढुङ्गानाको यो डेब्यु निर्देशन हो। फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ। *‘नीता फिल्म्स’*को ब्यानरमा बन्ने ‘सुख दुःख’ आगामी वर्षको दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने तयारी छ।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिरका लागि एफडी कम्पनीले पाएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master