‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को नाम परिवर्तन, अबदेखि ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड’

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को नाम परिवर्तन, अबदेखि ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड’

काठमाडौँ। नेपाली गीत-संगीत र चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका वर्षहरूमा निरन्तर आयोजना हुँदै आएको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ अब नयाँ रूपमै प्रस्तुत हुने भएको छ। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आज सम्पन्न कार्यसमिति बैठकले चौथो संस्करणदेखि अवार्डको नाम परिवर्तन गरी विराट फिल्म एण्ड म्युजिक अवार्ड राख्ने निर्णय गरेको हो।

बैठकले चौंथो संस्करणदेखि नेपाली फिल्मलाई प्राथमिकतामा राख्दै अवार्ड कार्यक्रमलाई अझ भव्य, प्रभावशाली र सान्दर्भिक ढंगले आयोजना गर्ने निर्णयसमेत गरेको छ।

अवार्डमा सहभागी हुन चाहनेहरूको लागि छिट्टै दर्ता फारम खुल्ला गरिनेछ। अवार्डको आयोजक समिति पनि गठन गरिएको अवार्ड संयोजक सुरज पौडेलले जानकारी दिए। नेपालमा संगीतका अवार्ड धेरै हुने र चलचित्रका अवार्ड शो कम हुने गरेको कारण फिल्म अवार्ड गर्न लागिएको पनि सुरजले बताए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   4   =  

Protected by Spam Master