बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजको सम्मान

बोर्ड र जाँचपास समितिका नवनियुक्त सदस्यहरूलाई निर्देशक समाजको सम्मान

काठमाडौँ। नेपाल चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डका सदस्यहरू र केन्द्रीय चलचित्र जाँचपास समितिका नव नियुक्त सदस्यहरूलाई बधाई तथा सम्मान अर्पण गरेको छ। मंगलबार अनामनगरमा आयोजित विशेष कार्यक्रममा समाजका पदाधिकारी तथा चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मान गरियो।

नेपाल चलचित्र निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको सहजीकरणमा कार्यक्रम सञ्चालन भएको थियो। स्वागत मन्तव्य अध्यक्ष जनकदिप पराजुलीले राखेका थिए। कार्यक्रममा सम्मानित प्रतिनिधिहरूको तर्फबाट बोर्ड सदस्य सन्तोषबाबु लोहनी, गणेश सुवेदी र जाँचपास समितिका सदस्य कुबेर गिरीले सम्बोधन गरे।

बोर्डका पूर्व अध्यक्ष तथा निर्देशक समाजका प्रमुख सल्लाहकार राजकुमार राईले हालको नेतृत्व सराहनीय रहेको बताए पनि चलचित्रकर्मीको हितका लागि अझ थप काम गर्नुपर्नेमा जोड दिए। उनले वि.सं. २०२६ को ऐन विस्थापन गरी नयाँ ऐन लागू गर्ने प्रक्रियामा बोर्डको पहललाई सकारात्मक ठहर गर्दै शुभकामना व्यक्त गरे।

कार्यबाहक अध्यक्ष सुभाष प्रसाद गजुरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ रंगपत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतका अतिथिहरूको उपस्थिति थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =  

Protected by Spam Master