गायक खेमराज गुरुङको पुण्यतिथिमा सम्मान तथा प्रतिभा पुरस्कार

गायक खेमराज गुरुङको पुण्यतिथिमा सम्मान तथा प्रतिभा पुरस्कार


काठमाडौँ। दिवंगत गायक खेमराज गुरुङको नवौं वार्षिक पुण्यतिथिको अवसरमा खेमराज गुरुङ ट्रस्टले सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गरेको छ। राजधानीमा आयोजित औपचारिक समारोहमा यस वर्षको श्रस्टा सम्मान गायक क्षेत्र बहादुर गुरुङलाई र प्रतिभा पुरस्कार गीतकार विपिन किरणलाई प्रदान गरिएको हो।

सम्मानमा नगद ५० हजार रुपैयाँ र सम्मानपत्र तथा प्रतिभा पुरस्कारमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र अर्पण गरिएको थियो।

j gurung

कार्यक्रममा प्रमुख अतिथि पूर्व महान्यायाधिवक्ता टेकबहादुर घिमिरे रहेका थिए। त्यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ विशेष अतिथि थिए भने अनुराधा कोइराला, संगीतकार राजु सिंह, शिला बहादुर मोक्तान, गायक राजेशपायल राई, लोकगायक राजु परियार लगायतका सांगीतिक क्षेत्रका व्यक्तित्व र संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

ट्रस्टका महासचिव दिपेन्द्र वान्तवाका अनुसार, खेमराज गुरुङ ट्रस्टले विगत आठ वर्षदेखि निरन्तर यो सम्मान तथा पुरस्कार कार्यक्रमलाई जारी राख्दै आएको हो।

कार्यक्रममा संखुवासभा कलाकार समूहले खेमराज गुरुङका लोकप्रिय गीत प्रस्तुत गर्दै दिवंगत गायकलाई स्मरण गरेका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   1   =  

Protected by Spam Master