चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न

काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो । चलचित्रमा सम्पन्न गीतको राजधानी काठमाडौँमा भब्य सेट लगाएर छायांकन गरिएको हो। चलचित्रको मुख्य कलाकार मध्यका एक कलाकार कविता नेपाली फिचर्ड गीतमा स्वप्निल शर्माको स्वर रहेको गीतमा रोहित शाक्यको संगीत रहेको छ। गीतको भिडियोको कोरियोग्राफी कविता नेपालीले गरेकी हुन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ का अनुसार गीत दशैंमा रिलिज गरिनेछ ।
‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। फिल्मको पोस्ट–प्रोडक्सन लन्डनमा भइरहेको छ र आउँदो पुसमा, क्रिसमसको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ।

यसअघि सार्वजनिक गरिएको फिल्मको टिजरमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाललगायतका कलाकारहरू देखिएका थिए। ‘एक्लो’ ले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट) मा समेत आफ्नो उपस्थिती जनाइसकेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा चासो बटुलेको छ।
निर्देशक शाही यसअघि दुई चलचित्र निर्देशन गरिसकेका छन्। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका उनले ‘एक्लो’लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन्।
मुख्य कलाकारहरूमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह छन्। यससँगै बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा देखिनेछन्।
निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
प्राविधिक पक्षमा, छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ को जिम्मेवारीमा रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









