५० लाख खर्चेर तयार ‘माइतीघर’को शीर्ष गीत

काठमाडौं। असोज १३ अर्थात फुलपाती देखि रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार जोडतोडका साथ चलिरहेको छ । यता, फिल्मको निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ ।
एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् । उसो त यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य यसमा राखेको छैन । सबै नयाँ शैलीमा नै खिचिएको अधिकारीको भनाई छ । गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ ।
गीतको भिडियो खिच्नका लागि ५० लाख खर्च भएको निर्माता अधिकारीको दाबी छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा कोरसको जम्बो टोलीलाई नचाइएको छ । यसकारण पनि लागत बढेको निर्माणपक्षको भनाई छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भएको हो ।
एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडियो मेकिङमा कुनै संझौता नगरिएको निर्माताको दाबी छ ।
यो गीतको भिडियो आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार १३:२१सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
समाचार२०८२ फाल्गुन १०, आईतवार ११:४९खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा








