‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतिभा फाइनलमा

काठमाडौँ। राजधानीमा सम्पन्न अडिसन चरणमार्फत ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन्।
अडिसनमा ९० भन्दा बढी सहभागीले गायन, नृत्य, अभिनयसहित विभिन्न विधामा आफ्नो कला प्रदर्शन गरेका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने २८ जना फाइनलका लागि छानिएका हुन्।
इभेन्ट डाइरेक्टर रमेश जंग शाहीका अनुसार प्रतियोगिता नेपाली बालबालिका र युवाहरूको कला, सिर्जनशीलता र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले आयोजना गरिएको हो। उनका अनुसार यसले नेपाललाई प्रतिभा र फेशनको विश्वमञ्चमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
छानिएका फाइनल प्रतियोगीमा गोकुल पोखरेल, राजन बराइली, परिष्णा क्षेत्री, प्रमिशा तामाङ, पुष्पाञ्जली भट्टराई, मनोग्य शर्मा, रुकेश गिरी, आशु ढकाल, प्रियांशु न्यौपाने, प्रीति परियार, नम्रता मैनाली, समीप न्यौपाने, विज–इ–वन, अर्पणा घतानि, सोफिया विष्ट, सुस्मिता नेपाली, विवेक दनुवार, नमुना शाही, रितु सुनार, आँचल तामाङ, रोबिया आचार्य, श्रेया रौनियार, कल्पना महतो, अर्नव लकन्दरी, कुसुम भण्डारी, अल्विन खनाल, रुथ देवी र आयुष घिमिरे रहेका छन्।
फाइनलमा विजेता बन्ने प्रतियोगीले आगामी अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता तथा फेशन वीकको सातौँ संस्करणमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् भने नेशनल डाइरेक्टरका रूपमा प्रमिला सिलवाल रहनेछन्।
‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’लाई विश्वभरका प्रतिभावान बालबालिका र युवाहरूलाई एउटै मञ्चमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिष्ठित प्लेटफर्म मानिन्छ, जसले गायन, नृत्य, अभिनय, मोडलिङदेखि वाद्यवादनसम्मका प्रतिभाहरूलाई अवसर दिने गर्छ।
प्रतियोगिताको विजेता जिनो पे मार्फत हुने सार्वजनिक मतदान र निर्णायकहरूको मूल्याङ्कनका आधारमा तय हुनेछ। पहिलो राष्ट्रिय ट्यालेन्ट शो आगामी भदौ १४ गते आयोजना हुनेछ, जसबाट नेपाली प्रतिभाहरूले विश्वका चर्चित मञ्चहरूमा यात्रा सुरु गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन








