क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ९ कात्तिक । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाललाई जितको लागि २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६२ रनको योगफल बनायो । अमेरिकाका लागि समितले १०० बलमा ९ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै मिलन्दले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे भने सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









