मंसिर १५ बाट ‘झिँगेदाउ २’ को छायांकन, मुकुनको स्थानमा महेश त्रिपाठी

मंसिर १५ बाट ‘झिँगेदाउ २’ को छायांकन, मुकुनको स्थानमा महेश त्रिपाठी

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश त्रिपाठी लाई अनुबन्धित गरेका हुन् ।

फिल्मका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कँन नसकेको बताए । उनले विवादको कारण स्पष्ट नपारे पनि मुकुनको विकल्प खोज्नुपरेको दाबी गरे । मुकुनको करियरको पहिलो सफल फिल्म नै ‘झिँगेदाउ’ थियो ।

कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने यो फिल्मको शुभमुहूर्त आगामी मंसिर १५ गते सोमबार हुने र सोही दिनबाट छायांकन सुरु हुनेछ ।

फिल्ममा महेश त्रिपाठीसँगै आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरू भित्र्याइएका छन् । यसअघिका कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायत भने यथावत् छन् ।

शुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको यो फिल्मलाई अर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन् । फिल्ममा बिष्णु कल्पित को छायांकन, अर्जुन पोखरेल को संगीत र मित्र डी गुरुङ को सम्पादन रहनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =  

Protected by Spam Master