धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला, चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता

काठमाडौं। नेपालको ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) को संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला हुने भएको छ। कार्यशाला मंसिर २५ गते (डिसेम्बर १०) आयोजना हुँदैछ।
कार्यशालामा GCAC का डिन टियान जु, उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ तथा विदेशी मामिला संयोजक लिन वेइच्याङ गरी चीनका प्रतिष्ठित उड्डयन विज्ञहरूको टोली सहभागी हुनेछ। नेपालतर्फबाट नेपाल मानव रहित विमान (ड्रोन) संघ — UDAAN का अध्यक्ष राजभाई सुवालसहित सम्पूर्ण टोलीको समेत सहभागिता रहनेछ।
कार्यक्रमको सुरुवात RC (रिमोट कन्ट्रोल) विमानको प्रदर्शनबाट गरिनेछ, जसमा विद्यार्थीहरूले आफ्नो नवप्रवर्तन क्षमता तथा एयरोमोडेलिङ सीप प्रदर्शन गर्नेछन्। त्यसपछि GCAC ले उन्नत UAV प्रणाली, तालिम मापदण्ड, नियामक अभ्यास, औद्योगिक उपयोग तथा भविष्यका सम्भावनाबारे विस्तृत प्रस्तुति दिनेछ।
कार्यक्रमको नेतृत्व ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईले गर्दैछन्। प्राविधिक तथा कार्यक्रम समन्वय अफताब आलमले सम्हालिरहेका छन् भने सञ्चार तथा सहभागी व्यवस्थापन सचिन सिंह र ओम साहले गर्दैछन्। लजिस्टिक्स व्यवस्थापन रसिदव राजको जिम्मेवारीमा रहेको छ। GCAC तर्फ सुजित चौधरी र दीपिका केसीले परियोजनाको नेतृत्व गरिरहेका छन्।
कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनमा हाइडअवे ग्ल्याम्पिङका सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाको विशेष योगदान रहेको ड्रोन हब नेपालले जनाएको छ। साथै, GCAC टोलीले नेपाल भ्रमणका क्रममा काठमाडौँ र भक्तपुरका अग्नि नियन्त्रण केन्द्रहरूको अवलोकन गर्दै विपद् व्यवस्थापन, उद्धार, खोजी तथा आगो नियन्त्रणमा ड्रोनको प्रयोगसम्बन्धी अनुभव समेत आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ।
ड्रोन हब नेपालका अनुसार यस कार्यशालाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय ज्ञान आदान–प्रदानमार्फत नेपालको UAV इकोसिस्टम सुदृढ गर्नु, युवा इन्जिनियर तथा प्रविधि क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई प्रेरित गर्नु, साथै विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण र विकास परियोजनामा जिम्मेवार ड्रोन प्रयोगलाई प्रवर्द्धन गर्नु हो।
विद्यार्थी–केन्द्रित नवप्रवर्तन प्रदर्शन, अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र UDAAN टोलीको उपस्थितिले यो कार्यशाला नेपालमा ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि सावित हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न









