‘मन बिनाको धन’ अब अमेरिकामा

काठमाडौं। नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा समेत प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यस चलचित्रले देशभर दर्शकको मन जितिसकेको छ।
ग्रेट इभेन्ट मुभीको प्रस्तुतीमा चलचित्रलाई अमेरिकी दर्शकसमक्ष लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। नेपालमा फिल्मले तीन करोड अस्सी लाख रुपैयाँभन्दा बढी व्यवसाय गरिसकेको छ। अमेरिकामा प्रदर्शनको औपचारिक घोषणा भइसकेको र विभिन्न शहरहरूमा शोको तयारी भइरहेको जानकारी निर्माण टिमले दिएको छ।
अमेरिकामा बस्ने नेपाली समुदायले अशोक दर्जीको घर निर्माणका समयमा गरेको साथ–सहयोग सम्झिँदै, चलचित्र अमेरिकामा प्रदर्शन हुन लाग्दा उत्साह व्यक्त गरिएको छ। नेपाली कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएका ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले चलचित्र प्रदर्शनका लागि सहयोग गरेका छन्।
उत्कृष्ट संगीत, पारिवारिक कथा र प्रेरणादायी कथावस्तु समेटिएको ‘मन बिनाको धन’ युएसएका विभिन्न शहरमा छिट्टै प्रदर्शन हुने भएकाले अमेरिका निवासी नेपालीलाई फिल्म हेरेर सहयोग र उत्साह प्रकट गर्न आग्रह गरिएको छ।
चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोललगायत कलाकारको अभिनय पाइन्छ।
टंक बुढाथोकीले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मन बिनाको धन’को कथा पनि बुढाथोकीले नै लेखेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका छन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) तथा सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजय पाण्डे रहेका छन्।
फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द








