शोभितको ‘पीआर’ ग्राण्ड प्रिमियरमा सेलिब्रेटीको उत्साहपूर्ण उपस्थिति

काठमाडौं । यही शुक्रबार (मंसिर २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को भव्य ग्राण्ड प्रिमियर बुधबार साँझ क्यूएफएक्स, सामाखुसीस्थित सिटी स्क्वायर हलमा सम्पन्न भयो। निर्माण टिमले फिल्म प्रदर्शनअघि दुई दिनमै आयोजना गरेको प्रिमियरमा फिल्मकर्मी, मिडिया तथा सेलिब्रेटीको उत्साहजनक उपस्थिति देखियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, कलाकार गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दनालगायत अनेक ख्यातिप्राप्त व्यक्तिहरू उपस्थित थिए।
अभिनेत्री रेखा थापाले फिल्म ‘पीआर’ उत्कृष्ट बनेको उल्लेख गर्दै नयाँ कलाकारहरूको अभिनयले आफू प्रभावित भएको बताइन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पनि निर्देशक शोभित बस्नेतको निर्देशन र कलाकारको प्रदर्शनको प्रशंसा गर्दै– “हरेक नेपालीले हेर्नैपर्ने फिल्म” भनेर प्रतिक्रिया दिए।
उपस्थित दर्शक तथा अतिथीहरूबाट पनि फिल्मप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भयो। अभिनेता सलिनमान बनियाँले मुख्य कलाकारहरूको अभिनय प्रंशसनीय रहेको उल्लेख गर्दै, “नयाँ कलाकार भएर पनि अनुभवी कलाकारझैँ देखिए,” भने। उनले थपे “डेब्यु फिल्मका हिसाबले उनीहरूले असाधारण काम गरेका छन्।”
निर्देशक शोभित बस्नेतले कलाकारहरूको प्रशंसाले आफू अत्यन्त खुशी भएको बताए।उनले भने “फिल्म सुरु हुँदा कमैले चिनेका यी कलाकार हलबाट निस्कँदा दर्शकले ‘वाह, वाह’ भन्दै फोटो खिच्न तानातान गरेको देख्दा मलाई आफैँ सफल भएको अनुभूति भयो।”

दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, जयकिशन बस्नेत र सविन श्रेष्ठलगायतले पनि फिल्म अत्यन्त राम्रो बनेको भन्दै सुरज र विनिता कार्कीलाई बधाइ तथा शुभकामना दिए।
रेजिना उप्रेती केही दृश्यहरूले भावुक बनाएको बताउँदै भनिन् “विदेशमा पुगेपछि नेपालीहरूले भोग्नुपर्ने पीडा र संघर्ष हेर्दा मन छोयो।”
फिल्ममा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूले स्थायी आवासीय अनुमति (पीआर) पाउनका लागि गर्नुपर्ने संघर्ष, घर-परिवारको ऋणको दबाब र विदेशमा नेपाली युवाले भोग्नुपर्ने वास्तविक अवस्थालाई प्रस्तुत गरिएको छ। नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको यस फिल्मले वैदेशिक अध्ययनको सामाजिक यथार्थ चित्रण गर्छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी ‘मस्तानी’, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्की देख्न सकिन्छ।
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहालको छ। सम्पादन बन्दे प्रसादले, कथा तथा पटकथा गणेश बुढाथोकीले र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका छन्। फिल्मको वितरण आर.आर. फिल्म्सले गरिरहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ६, शनिबार १९:०६सुनचाँदी व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन जोड
खेलकुद२०८३ भाद्र ६, शनिबार ०८:१०प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात
समाचार२०८३ भाद्र ६, शनिबार ०६:४८देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ५, शुक्रबार १८:४८‘आवारापन २’को सफल उडान, इमरान हाश्मीको करियरकै ठूलो कमब्याक









