चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा | Celebrity Nepal

काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ। फरक धारको कथावस्तु र सशक्त निर्माणका कारण चलचित्रले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘एक्लो–१’ ले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ऐतिहासिक प्रिमियर गरिसकेको छ। साइन्स–फिक्सनमा आधारित यस चलचित्रका निर्देशक प्रदीप शाही बेलायतमा बसेर चलचित्र निर्माणमा सक्रिय छन्, र ‘एक्लो–१’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको हो।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकन को समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक








