संस्कृत युवा मञ्च नेपालको अध्यक्षमा महेन्द्र पौडेल निर्वाचित

पोखरा । संस्कृत युवा मञ्च नेपालको आठौँ साधारण सभा तथा चौथो अधिवेशन बुधबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भवानी शंकर शर्मा, सचिवमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा हरि प्रसाद कोइराला र सह–सचिवमा अर्जुन पौडेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गोपाल पराजुली, शुभेच्छित चापागाईं, गोकर्ण अधिकारी, सुवास निरौला, सोमनाथ शर्मा र राम प्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक गिरिधर आचार्यले जानकारी दिनुभयो।
अधिवेशन युवा मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षता तथा विन्ध्यवासिनी संस्कृत क्याम्पस, पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव डिल्लीराम पौडेल (दिवाकर) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. रेग्मीले सनातन हिन्दु धर्ममाथि विभिन्न कोणबाट आक्रमण भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसको संरक्षण र संवर्द्धनका लागि संस्कृत युवा मञ्चले अझ सशक्त रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। युवा मञ्चको नामअनुसार आचार, विचार, आहार–विहार र संस्कारलाई आत्मसात गर्दै संस्कृतिको संरक्षणमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै यस्ता अभियानमा आफूले सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार डा. भोलानारायण रेग्मी, तलबाराही आरती सेवा समितिका उपाध्यक्ष जुना अधिकारी, संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद सिग्देल, निवर्तमान अध्यक्ष रामकृष्ण अर्याललगायत वक्ताहरूले आ–आफ्नो मन्तव्य राख्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
साधारण सभामा अध्यक्ष, सचिव तथा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार २१:१२कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने







