ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

धादिङ,पुस २० गते ।
तमू (गुरुङ) समुदायको महान चाड त–ल्हो घोडा वर्गको अवसरमा ज्वालामुखी गाउँपालिका वडा नं. ४ स्थित जौंबारी गुरुङ गाउँमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका कार्यसमिति धादिङ र तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका कार्यसमिति धादिङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू शिला गुरुङ, बलबहादुर गुरुङ लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गुरुङ (तमू) समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो। उहाँले गुरुङ, तामाङ, मगर लगायत जनजातीय समुदायको भाषा–संस्कृति संरक्षणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष दनैले कृषि पेशामा आधारित गुरुङ समुदायका उत्पादनलाई बजारीकरण गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर थपलियाले ज्वालामुखी गाउँपालिकामा रहेका तमू समुदाय एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ। संगठनलाई थप सुदृढ बनाउँदै एक तमूलाई परेको आवश्यकता अर्को तमूले सहयोग गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। भेष, भाषा र संस्कारको संरक्षणका लागि आफूहरू निरन्तर लागिपरेको उहाँको भनाइ छ।
तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका कार्यसमितिका अध्यक्ष शुभराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष धर्मबहादुर अर्याल, निर्वतमान अध्यक्ष विनोदराज तिमिल्सिना, वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, गुरुङ समाजका अगुवा तथा स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना








