विशेष महाधिवेशनस्थलमा कांग्रेसका पूर्व सभापतिहरुको ‘मस्कट’

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा कांग्रेसका पूर्व सभापतिहरुको मस्कट राखिएको छ।
महाधिवेशनस्थलमा कांग्रेसका पूर्व सभापतिहरू विश्वेशवरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको मस्कट राखिएको हो ।
विशेष महाधिवेशनमा यतिखेर महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराउने क्रम जारी छ ।
विशेष महाधिवेशनमा सहभागी हुन उपत्यकाका विभिन्न ठाउँबाट बाजागाजासहितको झाँकी र जुलुश महाधिवेशन स्थल भृकुटीमण्डप पुग्ने क्रम पनि जारी छ।
विशेष महाधिवेशनको विषयमा भने काँग्रेसमा व्यापक विवाद भएको छ । संस्थापन पक्षले विशेष महाधिवेशन जरुरी नभएको भन्दै विरोध गरिरहेको बेला काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरको नेतृत्व गरिरहनुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड









