आजदेखी धादिङबेसीमा १० औँ धादिङ महोत्सव हुदै

धदिङ,१५ माघ ।
आजदेखी धादिङबेसीमा १०औँ धादिङ महोत्सव सुरुहुदैछ । धादिङ जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै जिल्लामा आर्थिक गतिशीलता बढाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो ।“धादिङको दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन र जलस्रोत तथा उद्योगको पूर्वाधार”भन्ने मूल नाराका साथ महोत्सवको आज उद्घाटन गर्न लागिएको हो । नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुहुनेछ । महोत्सवमा विभिन्न विशिष्ट अतिथि तथा अतिथिहरूलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
कृषि विकास कार्यालयसँगको समन्वयमा कृषि उपजको प्रदर्शनी तथा प्रतियोगिता, उद्योग वाणिज्य कार्यालयसँगको सहकार्यमा घरेलु उत्पादनको प्रदर्शनी प्रतियोगिता आयोजना गरिनेछ । साथै, सबै स्थानीय तहका विशेष उत्पादनलाई समेट्ने गरी स्टल व्यवस्थापन गरिएको छ ।
भैरवी मन्दिरको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै प्रचार सामग्री, डकुमेन्ट्री तथा ब्रोसर तयार गरिएको छ भने गेटदेखि मञ्चसम्म भैरवी मन्दिर झल्किने गरी प्रचार–प्रसार गरिएको छ ।पर्चा वितरण, ब्यानर र माइकिङमार्फत आम समुदायलाई महोत्सवबारे जानकारी दिइएको छ। यस्तै, बुढीगण्डकी जलाशययुक्त आयोजनाको निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
महोत्सवमा कुल १६० वटा स्टल रहनेछन् । जसमा १०० वटा व्यावसायिक स्टल (१० वटा होटलसहित) र ६० वटा स्थानीय तथा कृषि उत्पादनसम्बन्धी स्टल रहनेछन् ।स्थानीय तथा कृषि स्टलका लागि कुनै शुल्क नलिइने आयोजकले जनाएको छ । साथै, स्थानीय व्यवसायीलाई २० प्रतिशत छुट सुविधा दिने निर्णय गरिएको छ ।टिकट व्यवस्थाअन्तर्गत महोत्सवलाई सहज र आकर्षक बनाउन विभिन्न अफरहरू ल्याइएको छ। रु. ५०० को मेगा अफर टिकट खरिद गर्ने दर्शकले महोत्सवको सम्पूर्ण अवधि अवलोकन गर्न सक्नेछन्। झाँकी टोलीलाई ५० प्रतिशत छुट प्रदान गरिनेछ। टिकट दर सामान्यका लागि रु. १००, विद्यार्थीका लागि रु. ७० र झाँकीमा सहभागी हुनेका लागि रु. ५० तोकिएको छ।
महोत्सवका मुख्य प्रायोजक थाई एग्रो प्रा.लि. रहेका छन् भने ग्लोबल आइएमई बैंक, गोर्खा ब्रुअरी, नेचुरल स्पिरिट, रुबी वेभरेज, अशोक इन्टरप्राइजेज, प्रतीक कम्प्युटर, नेको इन्स्योरेन्स तथा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर गोर्खा लगायतका संस्था प्रायोजकका रूपमा सहभागी रहेका छन्।उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सव सफल बनाउन सञ्चारकर्मी तथा सरोकारवालाको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा








