उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश

उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश

धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाक निवासी उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अधिकारीसहितको टोलीलाई पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका हुन् ।

धादिङ जिल्लामा सञ्चालित एक मात्र टेलिभिजन  दिव्यदर्शन टेलिभिजन का सञ्चालकसमेत रहेका अधिकारीको रास्वपामा प्रवेशसँगै जिल्लाको राजनीतिक वृत्तमा नयाँ हलचल पैदा भएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका अधिकारीले नेकपा एमाले परित्याग गरी रास्वपामा आबद्ध भएका हुन् ।

कार्यक्रममा बोल्दै रास्वपाका नेताहरूले अधिकारीजस्ता सञ्चार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिताले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनीहरूले धादिङमा वैकल्पिक राजनीति मजबुत बनाउन अधिकारीको भूमिका महत्वपूर्ण रहने बताए ।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अधिकारीले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिका लागि रास्वपा उपयुक्त प्लेटफर्म भएको उल्लेख गरे । उनले अब नयाँ सोच र ऊर्जाका साथ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उत्तम अधिकारीको प्रवेशसँगै आगामी दिनमा धादिङको  राजनीतिमा यसको प्रभाव देखिने  राजनीतिक विश्लेषकहरूको भनाइ छ ।  रास्वपामा प्रवेशको लहरले धादिङ क्षेत्र न २ का उम्मेद्वार बोधनारायण श्रेष्ठलाई सहयोग पुग्ने देखिन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   8   =  

Protected by Spam Master