दर्शकको आँसु देखेर ‘आ बाट आमा’ टिम भावुक, धन्यवादसँगै माफी किन ?

दर्शकको आँसु देखेर ‘आ बाट आमा’ टिम भावुक, धन्यवादसँगै माफी किन ?

काठमाडौँ । नेपाली चलचित्र ‘आ बाट आमा’ले दर्शकमाझ गहिरो भावनात्मक असर पारेपछि यसको निर्माण टिमले आधिकारिक रूपमा धन्यवाद तथा माफी सन्देश सार्वजनिक गरेको छ।

निर्माण पक्षका अनुसार फिल्म प्रदर्शनका क्रममा धेरै दर्शक भावुक बनेका छन्, कतिपय भक्कानिएका छन् भने केहीका लागि विगतका पीडादायी स्मृतिहरू पुनः जागृत भएका छन्। फिल्म हेर्ने क्रममा केही दर्शक असहज अवस्थामा पुगेको र मानसिक रूपमा प्रभावित भएको जानकारी आफूहरूलाई प्राप्त भएको टिमले जनाएको छ।

जारी प्रेस नोटमा निर्माण टिमले उल्लेख गरेको छ,
“हाम्रो लक्ष्य कसैलाई पीडा दिनु थिएन। तर जब कथाले दर्शकको आफ्नै जीवन छुन्छ, भावनालाई सम्हाल्न कठिन हुँदो रहेछ।”

निर्माण टिमले फिल्मप्रति देखाइएको माया र समर्थनका लागि सम्पूर्ण दर्शकलाई धन्यवाद व्यक्त गर्दै, यदि चलचित्रका कारण कसैको मन दुखेको छ भने त्यसप्रति क्षमायाचना पनि गरेको छ।

यो सन्देश निर्माता चन्द्र पन्त तथा आर्या इन्टरटेनमेन्ट परिवारको तर्फबाट जारी गरिएको हो।

हाल प्रदर्शनरत चलचित्र ‘आ बाट आमा’ आमा–सन्तानको सम्बन्ध, बिछोड र पारिवारिक भावनात्मक यथार्थमा आधारित कथावस्तु बोकेको फिल्म हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   2   =  

Protected by Spam Master