लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम नै निर्वाचन: राष्ट्रपति पौडेल

लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम नै निर्वाचन: राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभएको छ ।
नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले  नेपाल र नेपालीको शान, गौरव तथा प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
“वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
यसप्रकारका चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएका उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो मौलिक नेपाली पहिचानलाई अण्क्षुण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो भन्नुभयो ।
सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने राष्ट्रपति पौडेलको भनाइ थियो ।
“यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गते  लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आव्हान गर्दछु”, उहाँले भन्नुभयो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   4   =  

Protected by Spam Master