आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

धादिङबेशी । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएसँगै कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका समर्थकले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा चुनावी गतिविधि सञ्चालन गर्न पाउने छैनन् । मतदान प्रक्रिया सम्पन्न नभएसम्म यो व्यवस्था लागू रहनेछ ।
निर्वाचनको समयमा शान्त, स्वच्छ र निष्पक्ष वातावरण सुनिश्चित गर्न मौन अवधिको प्रावधान राखिएको हो । प्रतिस्पर्धी उम्मेदवारबीच विवाद, झडप वा अप्रिय घटना नहोस् र मतदातामा त्रास सिर्जना नहोओस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यो व्यवस्था लागू गरिन्छ । निर्वाचन आचारसंहिताअनुसार दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न पाइने छैन ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउनेछ । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यममार्फत् समेत उम्मेदवार वा दलको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रसारण गर्न निषेध गरिएको छ । यस अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी वा कार्यशाला जस्ता कुनै पनि चुनावसम्बन्धी गतिविधि सञ्चालन गर्न नपाइने आयोगले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








