धादिङमा रास्वपाको क्लिन स्वीप, वोधनारायण श्रेष्ठ र आशिका तामाङ निर्वाचित

धादिङबेशी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ जिल्लाका दुवै क्षेत्रमा राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार बिजयी हुनुभएको छ । क्षेत्र नं १ मा निकटम् प्रतिस्पर्धीलाई फराकिलो मतअन्तरले हराउँदै आशिका तामाङ विजयी हुनुभएको छ भने र क्षेत्र नं २ मा बोधनारायण श्रेष्ठ विजयी हुनुभयो ।
क्षेत्र नं १ मा आशिका तामाङले ३९ हजार १ सय २८ मत ल्याएर निर्वाचित हुनुभएको हो । तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भुमि त्रिपाठीले १५ हजार ३१ मत मात्रै ल्याउनुभयो। यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार रहेका राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७ सय ९ मत मात्रै पाउँदा नेपाली काँग्रेसका उम्मेद्वार कृष्ण रिजाल १० हजार ८० मत ल्याएर चौथो हुनुभएको छ ।
६ वटा पालिका रहेको यस क्षेत्रमा १ लाख ३६ हजार ६ सय ८६ मतदाता रहेका थिए । जसमध्ये ६२।४ प्रतिशत अर्थात ८५ हजार ३ सय ३३ मत खसेको थियो ।
त्यस्तै क्षेत्र नं २ मा पनि राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार बोध नारायण श्रेष्ठ नै विजयी हुनुभएको छ । श्रेष्ठ २६ हजार १ सय ४५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार रमेश प्रसाद धमलाले २० हजार २ सय ७९ मत प्राप्त गर्नुभयो। यस क्षेत्रमा नेकपा एमालेबाट उम्मेद्वार रहेका धनबहादुर घलेले १० हजार ८४ मत ल्याइ विजयी हुँदा नेकपामा उम्मेद्वार राम बहादुर भण्डारी ९ हजार ३६ मत सहित चौथो हुनुभएको छ ।
७ वटा पालिका रहेको यस क्षेत्रमा कुल १ लाख ३८ हजार ५ सय ९४ मतदाता रहेका थिए । त्यसमध्ये ५२।७ प्रतिशत अर्थात ७३ हजार ५१ मत खसेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २४, आईतवार ०९:११पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित
समाचार२०८२ फाल्गुन २४, आईतवार ०८:२५धादिङमा रास्वपाको क्लिन स्वीप, वोधनारायण श्रेष्ठ र आशिका तामाङ निर्वाचित
समाचार२०८२ फाल्गुन २४, आईतवार ००:२२हुम्लामा कांग्रेसका रोकाया विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:५२लमजुङमा रास्वपाका केसी विजयी







