मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य

मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य

काठमाडौं । युकेलाई कर्मथलो बनाएपनि नेपाली गीतसंगीतमा सक्रिए गायिका मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि डिआरकै रहेको छ । गीतको निर्माता धन घले हुन् । निर्माता धन र गायिका मेमिसा श्रीमान श्रीमती हुन् । झण्डै २५ बर्षदेखी युकेमा बस्नै आएका उनीहरु नेपाली गीतसंगीतलाई छाड्न नसक्ने भन्दै निरन्तरता दिइरहेको बताउँछन् । अहिले उनीहरु नेपाल आएको समयमा निदरी गीत सार्वजनिक गरिएको जानकारी गराए ।

गीतको भिडियोमा नायक पल शाह र मोडल रस्मिता तामाङको नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर र निर्देशन भने बिक्रम चौहान हुन् । भिडियो खिच्ने काम नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । गायिका मेमिसा घलेले यसअघि पनि केहि गीत गाएकी छिन् तर अहिलेको निदरी गीतमा धेरै मिहिनत र लगानीको हिसाबले पनि धेरै नै खर्च भएको बताएकी छिन् । अहिले नेपालमा भएको शिलशिलामा भिडियोमा आफै देखिएकी छिन् । गीतमा निर्माता धन घले र गायक, लेखक तथा संगीतकार डिआर सुजन पनि देखिएका छन् ।

डिआरले बताए अनुसार यो गीत बनाउने सोच युकेमै हुदाको हो । उनीहरु युकेमै रहदा एउटा गीत बनाउनुपर्छ भन्ने सोच निकालेको र निदरी बनेको सुनाउँछन् । निदरी गीतमा घले समुदायको संस्कृतिलाई झल्काइएको छ । भिडियोमा बिभिन्न १० भन्दा बढी जिल्लाको घले समाजलाई देखाइएको छ । त्यसले पनि घले समुदायको संस्कृति प्रबद्र्धनमा ठुलो मद्धत पुगेको देखिन्छ । गीतका शब्दमा पनि संस्कृति पहिचानको कुरा गरिएको छ । निर्माता घलेका अनुसार गीतको अडियो र भिडियोका लागी झण्डै १० लाख रुपैंया खर्च गरिएको छ । गीत मेमिसा घले युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =  

Protected by Spam Master