चैत्र १३ गते बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने रास्वपा शीर्ष नेताहरुको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा बरिष्ठ नेता बालेन्द्र शाहलाई शपथ गराउने गरी तयारी अगाडि बढाएको छ ।
आज भएको पार्टीका शीर्ष नेताहरुबीचको छलफलमा चैत्र १३ गते प्रधानमन्त्री चयन गर्ने मिति तय गरेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
पार्टीको तर्फबाट निर्णय भएपनि सरकार र अरु पक्षबीच पनि प्रधानमन्त्रीको शपथको विषय जोडिने हुँदा अन्तिम निर्णय भने थप छलफलबाट गरिने महामन्त्री बुर्लाकोटीको भनाइ छ।
प्रधानमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल गठनको विषयमा पनि सँगै छलफल भइरहेको उहाँको भनाइ छ।
नवनिर्वाचित सांसदहरुको शपथ चैत्र १२ गते हुने तय भैसकेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाए लगत्तै रास्वपाका शीर्ष नेताहरु सरकार गठनको छलफलमा जुटेका थिए ।
सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्लेबीच छलफल गरेर प्रधानमन्त्रीको शपथको मिति तय गरिएको हो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २२, मंगलवार ११:३३पर्दाको कथा, राजनीतिमा वास्तविकता | Celebrity Nepal
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
खेलकुद२०८३ बैशाख २२, मंगलवार १०:०८स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ
समाचार२०८३ बैशाख २१, सोमबार २०:५९धादिङमा नागरिकलाई सहज सूचना प्रवाहबारे छलफल







