‘कस्तुरी’को अधिकांश छायांकन सकियो, गीत र केही दृश्य बाँकी

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को अधिकांश छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ३५ दिनमै फिल्मको छायांकन लगभग सकाएको हो।
निर्देशक ऋत बोहोराका अनुसार गाउँका केही दृश्य र एक गीत खिच्न बाँकी रहेको छ। “हामीले ३५ दिनमै करिब सबै छायांकन सकेका छौँ, अब केही दृश्य र गीत मात्र बाँकी छन्,” उनले भने।
काठमाडौं आसपासमा छायांकन गरिएको फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा पाटाहरूलाई प्रस्तुत गर्नेछ। यस फिल्ममार्फत निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलो पटक स्क्रिन सेयर गर्दैछन्।
फिल्ममा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम लगायत कलाकारको अभिनय रहनेछ। साथै गौरव पहारी र हेना नगरकोटी विशेष भूमिकामा देखिनेछन्।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा निर्देशन ऋत बोहोराले नै गरेका हुन्। फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने अञ्जली चौधरी सह–निर्माताका रूपमा रहेकी छन्।
फिल्मको छायांकन आलोक शुक्लाले गरेका हुन् भने प्रमुख सहायक निर्देशक ललित बिष्ट छन्। गीतमा प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले सम्हालेका छन्।
फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन। निर्देशक बोहोराले केही दिनभित्रै प्रदर्शन मिति सार्वजनिक गर्ने बताएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्
समाचार२०८३ आश्विन १०, शनिबार ०९:३५पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध
समाचार२०८३ आश्विन १०, शनिबार ०६:१९आजका लागि विदेशी मुद्राको विनिमयदर









