काठमाडौंमा घर फाेरेर चोरी गर्ने ५ जना पक्राउ

काठमाडौं । काठमाडौं जिल्लाको –१५ तिनथाना स्थित एक घरमा भएको चोरी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
यहि फागुन २८ गते उक्त घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का १ जोर, आधा तोलाको माईली तिलहरी, दुई थान मोबाइल र नगद रु. ५,००० चोरी भएको भन्दै निवेदन प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धान तथा खोजतलासको क्रममा चोरीमा संलग्न समूहले सुनका गरगहना पगाली स्वरूप परिवर्तन गरेको पाइएको प्रहरीले जनाएको छ। सोही क्रममा चोरी गरिएका दुई थान मोबाइल, करिब २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग गरिएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूलाई यहि मंगलबार काठमाण्डाै – २६ गल्कोपाखा, बागमती ड्राइभिङ सेन्टर अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि बाट ५ दिनको म्याद थप अनुमति लिई बाट थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरूमा धादिङ गंगाजमुना गाउँपालिका–७ स्थायी घर भई हाल तारकेश्वर–१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व) कावासोती–१७ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ म्हेपी बस्ने २८ वर्षीय प्रदिप गुरुङ, ओखलढुंगा खिजीदेम्बा–९ घर भई हाल सामाखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवा नौकुण्ड–५ घर भई हाल म्हेपी बस्ने २८ वर्षीय सागर कामी र भारत महाराष्ट्र, सोलापुर जिल्ला तान्दुलवाडी थाना अन्तर्गत घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21122, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









