‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख भ्युज पार

‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख भ्युज पार

काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले युट्युबमा छोटो समयमै उल्लेख्य दर्शक पाएको छ। सार्वजनिक भएको ६ दिनमै गीतले १० लाखभन्दा बढी भ्युज पार गरेको हो।

हालसम्म गीतले ११ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। गीतप्रति दर्शकको उत्साहजनक प्रतिक्रियापछि निर्माण टिम उत्साहित बनेको छ। निर्माता मगरले दर्शकप्रति आभार व्यक्त गर्दै गीतलाई साथ दिएकोमा धन्यवाद दिएका छन्।

 

समाचार तयार पार्दासम्म गीतमा २४ हजारभन्दा बढी लाइक र १ हजार ३ सयभन्दा बढी कमेन्ट आएका छन्। अधिकांश दर्शकले गीत, नृत्य र कलाकारको अभिनयको प्रशंसा गरेका छन्।

 

विशेषगरी तेरिया फौजा मगरको नृत्य र सौगात मल्लको फरक शैली दर्शकले रुचाएका छन्। सौगातको नयाँ रूप देख्न पाइएको भन्दै धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।
गीतको भिडियोमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर देखिएका छन्।

 

लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि मल्लकै हो। मिङ्मा डि लेप्चाको कोरियोग्राफी रहेको गीतलाई दर्शकले अत्यधिक मन पराएका छन्।

 

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया मगरसहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायत कलाकारको अभिनय रहेको छ। फिल्म आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   4   =  

Protected by Spam Master