अमेरिकामा रहेका चिकित्सक दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक

अमेरिकामा रहेका चिकित्सक दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक

काठमाडौँ। अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले रोमान्टिक गीत सार्वजनिक गरेका छन्। सुरेश बस्नेतको स्वरमा रहेको ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

‘दुई मुटु, एक यात्रा’ थिममा तयार पारिएको यस गीतको भिडियो तीन देशमा छायांकन गरिएको छ। भिडियो अमेरिकाका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको हो।

भिडियोमा श्रीमान्–श्रीमतीको भूमिकामा सुरेश र रेहाले नै अभिनय गरेका छन्। ‘वास्तविक कथा’मा आधारित यस गीतमा गोविन पुनको शब्द तथा संगीत रहेको छ, जसले सुरेश र रेहाको वास्तविक प्रेम यात्रा र जीवनका उतार–चढावलाई प्रस्तुत गरेको छ।

विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन तथा प्रविण श्रेष्ठको पटकथा रहेको छ। छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्यालले गरेका हुन्।

महँगो लागतमा भिडियो तयार पारिएका गायक तथा मोडल सुरेश भन्छन्, “हामीले पैसाका लागि भन्दा पनि गीत–संगीतप्रतिको अथाह प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली प्रस्तुत गरेका हौं। यो गीत र भिडियोले दर्शकको मन छुने विश्वास छ।”

चिकित्सकीय पेशामा व्यस्त हुँदाहुँदै पनि सुरेश र रेहाले गीत–संगीतलाई निरन्तर अघि बढाउने बताएका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   7   =  

Protected by Spam Master