उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित

धादिङबेशी । धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्रबहादुर खत्री नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। हेटौंडामा सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ अन्तर्गत भएको प्रतिस्पर्धामा उहाँले जीवनकाजी मकजु श्रेष्ठलाई १३२ मत ल्याएर पराजित गर्नुभएको हो। मकजुले ८२ मत प्राप्त गरेका थिए।
उक्त निर्वाचन महासंघको बागमती प्रदेश संरचनाअन्तर्गत नेतृत्व चयन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा सम्पन्न भएको हो। खत्री बेदबहादुर श्रेष्ठ समूहका उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रनुभएको थियो भने मकजु दुर्गाराज समूहबाट उम्मेदवार बन्नुभएको थियो। खत्री यसअघि धादिङ उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसक्नुभएको अनुभवसमेत राख्नुहुन्छ।
निर्वाचनपछि खत्रीले पारदर्शी र उत्तरदायी वित्तीय प्रणाली स्थापना गर्ने, व्यवसायी हितको संरक्षण तथा प्रवर्द्धन गर्ने र समन्वय तथा सहकार्यमार्फत संस्थाको दीर्घकालीन आर्थिक सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५५कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५०कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल









