वैशाख ४ देखि ‘कमेडी दरबार’ सिजन ३, नयाँ स्वरूपमा फर्किँदै

काठमाडौं। पहिलो र दोस्रो सिजनको सफलतापछि हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर आगामी वैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ ।
करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ सेट, नयाँ कलाकार र परिमार्जित प्रस्तुति शैलीसहित दर्शकमाझ फर्किन लागेको हो ।
शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अझ रोचक र भव्य बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म परिवर्तन गरिएको छ ।
यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनेछन् । साथै, अभिनेत्री दिया मास्के नयाँ ‘रानी’का रूपमा जजिङ प्यानलमा जोडिएकी छन् ।
अघिल्ला सिजनका अधिकांश कलाकार यथावत रहँदा यसपटक सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा देखिनेछन् । निर्माण टिमका अनुसार नयाँ अनुहारले शोमा थप ऊर्जा र हास्य ल्याउने अपेक्षा गरिएको छ।
यस सिजनको शीर्ष प्रायोजक Dabur Red Paste रहेको छ भने Shreekesh Oil In Association With रूपमा जोडिएको छ । Litmus Cable र Dabur Hajmola Zeera Powered By साझेदारका रूपमा छन् ।
त्यस्तै Lokaantar.com Online Media Partner, Current Noodles Noodles Partner, Rijalco Pipe and Fitting Co-Sponsor, Softy Hygiene Partner, Ramro Bakes Snacks Partner, Kangaroo Education र Global Consult Education & Visa Partner, NLG Insurance Insurance Partner, Yeti Carpet Flooring Partner, Mall Ko App App Partner, Filli Food Partner तथा Suitmala Dress Partnerका रूपमा आबद्ध छन् ।
कार्यक्रम Maya Entertainment ले निर्माण गरेको हो भने Ad Pad ले मार्केटिङ गरिरहेको छ । प्रसारण Prime TV HD मार्फत हुने र डिजिटल प्लेटफर्म OSR Reality को युट्युब च्यानलबाट पनि हेर्न सकिने जनाइएको छ ।
नयाँ जज, कलाकार र सेटसहित ‘कमेडी दरबार’ सिजन ३ ले अघिल्ला दुई सिजनको सफलतालाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २५, बुधबार २०:३२स्वास्थ्य विमावापतको भुक्तानी समयमै नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दवाबमा परेका छन्ः सोइना शर्मा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २५, बुधबार १९:४७वैशाख ४ देखि ‘कमेडी दरबार’ सिजन ३, नयाँ स्वरूपमा फर्किँदै
समाचार२०८२ चैत्र २५, बुधबार १०:१७संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज
खेलकुद२०८२ चैत्र २५, बुधबार ०९:२१हिजो मुम्बईविरुद्ध राजस्थान विजयी, आज दिल्ली र गुजरात भिड्दै « रिपोर्टर्स नेपाल








