वैशाख १८ मा ‘लालीबजार’, अन्तर्राष्ट्रिय अधिकार बिक्रीको तयारी

वैशाख १८ मा ‘लालीबजार’, अन्तर्राष्ट्रिय अधिकार बिक्रीको तयारी

काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने तयारी गरेको छ ।

फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि विभिन्न प्रस्ताव आए पनि निर्माण पक्षले प्राविधिक रूपमा पूर्ण तयारीपछि मात्र प्रदर्शन अधिकार बिक्री गर्ने निर्णय गरेको जनाएको छ ।

षट्कोण आर्ट्सद्वारा निर्मित फिल्महरूले डायस्पोरा बजारमा राम्रो व्यापार गर्दै आएको र वितरकलाई मुनाफा दिलाउँदै आएको दाबी गरिएको छ । यही कारण ‘लालीबजार’ का लागि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रस्ताव आएको जनाइएको छ ।

निर्माण कम्पनीका अनुसार फिल्म तीन साताअघि नै प्रदर्शनका लागि तयार भए पनि प्राविधिक काम अधुरो हुँदा वितरकलाई हुने झन्झटलाई ध्यानमा राख्दै पूर्ण रूपमा तयार भएपछि मात्र अधिकार बिक्री प्रक्रिया अघि बढाइएको हो ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अब विदेश प्रदर्शनलाई लक्षित गर्दै वितरण सम्झौतामा अगाडि बढ्ने तयारी भइरहेको बताए । उनका अनुसार आएका प्रस्तावबारे निर्माण टिमभित्र छलफल गरी अधिकार बिक्री गरिनेछ ।

‘हामीले पहिला फिल्म तयार गर्‍यौं । फिल्म तयार नहुँदा अन्तर्राष्ट्रिय वितरकले भोग्ने समस्या हामीलाई थाहा छ,’ उनले भने, ‘अब सम्झौता भएसँगै फिल्म दिन सक्छौं । वैशाखको पहिलो सातासम्म सबै प्रदर्शन अधिकार बिक्री गर्ने तयारीमा छ।’

गत फागुन २९ मा सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ एक महिनाभित्रै युट्युबमा एक करोड १५ लाखभन्दा बढी पटक हेरिएको छ भने टिकटकमा हजारौं भिडियो बनिसकेका छन् ।

फिल्मका लेखक तथा निर्देशक यम थापाले नेपाली फिल्ममा कम देखिएको कथालाई प्रस्तुत गर्न खोजिएको बताए । उनले मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको फिल्म रहेको उल्लेख गरे ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।

फिल्मको कथा तथा निर्देशन यम थापाको रहेको छ भने पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङलगायतको प्राविधिक टिम रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   5   =  

Protected by Spam Master