‘एक मुठी बादल’का लागि गौरव बिष्टले ९ केजी तौल घटाए

‘एक मुठी बादल’का लागि गौरव बिष्टले ९ केजी तौल घटाए

काठमाडौं । नेपाली फिल्मका उदाउँदा अभिनेता गौरव बिष्टले आफ्नो आगामी फिल्म ‘एक मुठी बादल’का लागि ९ केजी तौल घटाएका छन् ।

रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका गौरवले फिल्म क्षेत्रमा पनि राम्रो फड्को मारिरहेका छन् । उनले दुई वर्षअघि फिल्म ‘परस्त्री’बाट डेब्यु गरेका थिए भने अब ‘एक मुठी बादल’मार्फत दर्शकमाझ पुनः प्रस्तुत हुँदैछन् ।

हालै सार्वजनिक गरिएको क्यारेक्टर पोस्टरमा गौरवको लुकले ध्यान तानेको छ । पोस्टरमा उनको वास्तविक जीवन र फिल्मको पात्रबीच स्पष्ट फरक देखिन्छ ।
यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाउँदै आफूलाई पात्रअनुसार पूर्ण रूपमा रूपान्तरण गरेका छन् । क्यारेक्टरमा डुब्नका लागि उनले गरेको मेहनत फिल्ममा प्रष्ट देखिने विश्वास गरिएको छ ।

फिल्ममा गौरवसँगै अभिनेत्री आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । अब उनको अभिनय कत्तिको प्रशंसित हुन्छ भन्ने कुरा भने फिल्म जेठ १ गतेबाट प्रदर्शनमा आएपछि थाहा हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =  

Protected by Spam Master