‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकबीचको सहमतिअनुसार फिल्म आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो ।

यसअघि तीजको अवसर पारेर रिलिज गर्ने तयारी भए पनि ठोस मिति तय गरिएको थिएन । पछिल्लो छलफलपछि तीज र कुशे औंसीको अवसर पारेर प्रदर्शन गर्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् ।

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले यसै फिल्ममार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिल्म हो ।

यसपटक उनी अभिनयभन्दा निर्देशनमा केन्द्रित भएकी छन् । साथै, आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर गएर निर्देशन गरेको यो उनको पहिलो प्रोजेक्ट हो ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र उषा खड्गीको अभिनय रहेको छ । साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारको पनि भूमिका रहेको छ ।

फिल्मको छायांकन २८ दिनमा सम्पन्न भइसकेको छ र हाल पोस्ट–प्रोडक्सनको काम भइरहेको छ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्ममा ध्रुव लम्सालको पटकथा रहेको छ । सुदीप बरालको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, अनिरुद्ध आत्रेयको सहायक निर्देशन, राजन घिमिरेको संयोजन, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहेको छ ।

सुमधुर प्रेम कथामा आधारित फिल्मले सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master