‘मितज्यू’ फिल्म ६ देशमा ‘सोल्ड आउट’, अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। निर्माण पक्षले मंगलबार यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।
निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ। त्यस्तै जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले प्रदर्शन अधिकार खरिद गरेका छन्।
निर्माण पक्षका अनुसार अन्य देशहरूमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि छलफल भइरहेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मप्रति दर्शकमाझ कौतुहलता बढ्दै गएको छ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको अभिनय रहेको छ। तेरियाको यो डेब्यु फिल्म भएकाले पनि ‘मितज्यू’ सुरुदेखि नै चर्चामा रहँदै आएको छ।
फिल्मका गीतहरूले पनि राम्रो प्रतिक्रिया पाएका छन्। ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ गीत दर्शकमाझ लोकप्रिय बन्दै गएका छन्।
ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ।
आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि नेपालभरका हलमा प्रदर्शन हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १, सोमबार ०८:४१देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना
समाचार२०८३ भाद्र १, सोमबार ०७:५०गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३१, आईतवार १२:००प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान









