दिनेश केसीको ‘दोलखा सिङ्गटी’ | Celebrity Nepal

दिनेश केसीको ‘दोलखा सिङ्गटी’ | Celebrity Nepal


काठमाडौं । दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार नेपालीको संगीत तथा संगीत संयोजन रहेको छ ।

अभिनेता दिनेश केसी पछिल्लो समय कलाकारिता भन्दा पनि गायनमा बढी देखिन थालेका छन् । केही समय पहिले दोलखा जिल्लाको महत्वपूर्ण स्थानहरुलाई समेटेर जिल्लाको परिचयात्मक गीत बनाएका केसी नेपाल भित्र रहेका अधिकांस देवास्थानहरुको वर्णन गरिएको अति नै महत्वपूर्ण र सन्देशमूलक गीत दर्शक श्रोता माझ पस्कने तयारीमा छन् ।

उनले सार्वजनिक गरेका ‘नलेउ छट्पटी घुम्नलाई लैजान्छु दोलखा सिङ्गटी’ को भिडियोमा जनकबहादुर खत्री, मिन कुमारी खत्री र दिनेश केसी देखिएका छन् भने निर्देशन लिगेश भट्टराईको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   10   =