मनसुनसँगै डेङ्गीको त्रासः सतर्क रहन महाशाखाको अपिल

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम तीव्र रूपमा बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले महामारीको रूप लिन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
महाशाखाको कीटजन्य रोग शाखाका अनुसार लगातारको वर्षाका कारण विभिन्न स्थानमा पानी जम्ने र त्यहीँ डेङ्गी सार्ने लामखुट्टे द्रुत गतिमा फैलिने जोखिम बढेको हो। केही दिनअघि परेको वर्षाका कारण जमेको पानीमा डेङ्गी सार्ने ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फूल पार्न शुरु गरिसकेका छन्। ती फूलबाट लार्भा विकास भई सङ्क्रमणको चक्र अझै भयानक हुन सक्ने चिकित्सकहरूको अनुमान छ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार असार ९ गतेदेखि १५ गतेसम्मको छोटो अवधिमै देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। आगामी दिनमा पनि वर्षा जारी रहने मौसम पूर्वानुमान रहेकाले सडक, घरआँगन तथा वरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।
नेपालमा असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने ऐतिहासिक नजिर छ। विज्ञहरूका अनुसार यो समयमा सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने भएकाले समुदायस्तरमै खोज र नष्ट गर अभियानसहित सरसफाइ र लामखुट्टे नियन्त्रणका उपायहरू प्रभावकारी रूपमा अपनाउनु आवश्यक देखिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश









