‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

चलचित्रले देशमा सकारात्मक परिवर्तन ल्याउन एउटा दृढ संकल्प भएको ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्छ
काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। गीतले विपत्तिको समयमा सन्तानले आफ्ना बुवाप्रति महसुस गर्ने पीडा, माया र संवेदनालाई भावुक ढंगले प्रस्तुत गरेको छ।
गीतका शब्द चलचित्रका अभिनेता प्रमोद दीप ले लेखेका हुन् भने संगीत अभि सुनार को रहेको छ। चर्चित गायिका अस्मिता अधिकारी को सुमधुर स्वरले गीतलाई थप प्रभावशाली बनाएको छ। गीतको भावअनुसार तयार पारिएको भिडियोमा कलाकारहरूको सशक्त अभिनयले पनि विशेष आकर्षण थपेको छ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठ को निर्माण रहेको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीक ले गरेका हुन्। प्रचार–प्रसारका विभिन्न सामग्री सार्वजनिक भएसँगै चलचित्रले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ।
चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि चलचित्रको प्रमुख भूमिकामा देखिएका छन्।
यसअघि सार्वजनिक गरिएको चलचित्रको प्रमोसनल गीतमा दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मा लगायतका चर्चित कलाकारहरूको विशेष अभिनय रहेको थियो, जसले दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरेको थियो। निर्माण पक्षले नयाँ सार्वजनिक गीतले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्स को सहकार्यमा निर्माण भएको ‘हली’ सामाजिक तथा परिवर्तनमुखी कथावस्तुमा आधारित चलचित्र हो। निर्माण पक्षका अनुसार चलचित्रले देशमा सकारात्मक परिवर्तन ल्याउन एउटा दृढ संकल्प भएको ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्छ।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न पाइनेछ।
चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राई को छायांकन रहेको चलचित्रलाई रामप्रसाद चौधरी र विपिन मल्ल ले सम्पादन गरेका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जन ले गरेका हुन्। नेसनल सिने ग्रुपले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार २०:२६राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal









