चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशित भएको छ। आयोगका अनुसार गत असार २६ गते प्रकाशित दरखास्त आह्वान सूचनाअनुसार प्राप्त आवेदनमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने १२ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको हो ।

आयोगले आज १२ जनाको नाम सर्वजनिक गर्दै उनीहरूकाको लागि यही साउन ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ता राखिएको जनाएको छ। आयोगले उम्मेदवारहरूलाई आवेदनसँग संलग्न गरिएका सक्कल कागजात, १५ मिनेट अवधिको सोचपत्र प्रस्तुतीकरणका लागि पावरपोइन्टको इलेक्ट्रोनिक प्रतिसहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल (बारबर्दिया–४, बर्दिया), प्रा.डा. दिपेन्द्रबहादुर श्रेष्ठ (काठमाडौं–४), प्रा.डा. दिलिप शर्मा (सूर्यविनायक–२, भक्तपुर), प्रा.डा. विनोदकुमार यादव (औरही–२, महोत्तरी), प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर–६), प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर–१), प्रा.डा. विष्णुप्रसाद शर्मा (ललितपुर–१५), प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौं–२४), प्रा.डा. सञ्जयकुमार श्रेष्ठ (काठमाडौं–२८), प्रा.डा. सन्ध्या चापागाईं आचार्य (मध्यपुर ठिमी–३, भक्तपुर), प्रा.डा. सुरज बज्राचार्य (काठमाडौं–१७) र प्रा.डा. सैलेस प्रधान (महालक्ष्मी–१, ललितपुर) छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ​शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लागू नगर्ने प्रधानमन्त्रीको निर्णय गगन थापाद्वारा स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =