खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गर्नुभयो । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गर्नुभयो ।

सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्नुभयो । सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुेपर्नेमा जोड दिनुभयो ।

सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभयो । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गर्नुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाउनुभयो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   7   =