मगर भाषा प्रशारण दिवसको अवसरमा पत्रकारद्वय मीना र मनसुधन सम्मानित

मगर भाषा प्रशारण दिवसको अवसरमा पत्रकारद्वय मीना र मनसुधन सम्मानित

पोखरा।
रेडियो नेपालबाट पहिलोपटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै आयोजित कार्यक्रममा पत्रकार मीनाकुमारी थापामगर र मनसुधन थापामगर सम्मानित भएका छन् ।

नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा पोखरा महानगरपालिका–२१ ठूलीस्वाँरामा आयोजित ‘३२ औँ मगर प्रसारण दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रम’ मा पत्रकारद्वय थापामगरलाई सम्मान गरिएको हो । दुवै जना सम्मानित पत्रकारले पोखरामा रहेर मगर भाषाको समाचार पढ्ने तथा कार्यक्रम सञ्चालन गरेका थिए । अहिले मिना पोखराबाट र मनसुधन बेलायतबाट पत्रकारितामा निरन्तर लागिरहेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सदस्य राजकुमारी भुजेल, नेपाल मगर पत्रकार संघका उपाध्यक्ष एमबी आस्थामगर, उपमहासचिव रुद्र श्रीसमगर, नेपाल मगर संघका उपाध्यक्ष हर्क आलेमगरलगायतले सम्मान पत्र, माला र खादाले सम्मान गरेका हुन् ।

कार्यक्रममा सांसद भुजेलले नेपालका आदिवासी जनजाति संस्कार र संस्कृतिमा धनी भएको स्मरण गरिन् । आदिवासी जनजातिको भाषा र संस्कार तथा संस्कृति हराएमा उनीहरुको अस्तित्व नै खतरामा पर्ने बताइन् । ‘हाम्रो भाषा, रीतिरिवाज, संस्कृति हराएमा हामी आफैँ हराएर जाने अवस्था सिर्जना हुनेछ ।’ कार्यक्रममा उनले भनिन्, ‘त्यसैले नयाँ पुस्तालाई समेत हाम्रो संस्कार र संस्कृतिको विषयमा जानकारी गराउनु आवश्यक छ ।’ भाषा र संस्कार जोगाउनु कुनै एक व्यक्तिको जिम्मेवारी नभएर उक्त समुदायका सम्पूर्ण व्यक्तिको भएको उनको भनाई छ । कार्यक्रममा उनले वडा नम्बर २१ लाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

सम्मानित व्यक्तित्व मीनाकुमारी थापामगरले आफूले प्राप्त गरेको यो पुरस्कार सम्मान मात्र नभएर मगर भाषा तथा संस्कृतिको क्षेत्रमा आफूले पु¥याएको योगदानको कदर भएको बताइन् । यो सम्मानले आफ्नो भाषा र संस्कृतिको क्षेत्रमा अझै योगदान पु¥याउनुपर्छ भन्ने प्रोत्साहन मिलेको उनको भनाई थियो । आफ्नो क्षेत्रबाट भाषा र संस्कृति जोगाउन सबैले योगदान पु¥याउनु आजको आवश्यकता भएको उनले कार्यक्रममा जोड दिएकी छिन् ।

यो पनि पढ्नुहोस् :  प्रतिनिधि सभा बैठक( प्रत्यक्ष प्रसारण)

पोखरा २१ का वडा सदस्य कृष्णबहादुर राना मगरले मगर समुदायका व्यक्तिहरु आफ्नै समुदायगत कार्यक्रममा समेत सहभागी नहुनु निकै दुखद विषय भएको बताए । मगर समुदाय नेपालको जनगणना अनुसार तेस्रो नम्बरमा रहेको भएपनि कुनै जाति विषेश चाडपर्वमा बिदा नदिदा आफूलाई दुख लागेको बताउँदै यो विषयमा सरकारले ध्यान दिनु आवश्यक रहेकोमा उनले कार्यक्रममा जोड दिएका छन् ।

नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रम संस्थाकी सदस्य गिता राना मगरले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगर तथा केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीषमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, ठूलीस्वाँरा उज्जवल तथा सामाजिक सेवा आमा समूहकी अध्यक्ष रोशनी रानामगर, ठूलीस्वाँरा टोल विकास समितिका अध्यक्ष नरबहादुर रानामगर लगायतले मातृभाषाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक मगरलगायत विभिन्न ८ मातृभाषामा समाचार प्रसारण भएको थियो । सोही दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीले यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । यसभन्दा अगाडि उक्त सम्मानबाट पत्रकारद्वय हर्क आलेमगर तथा खेम सारु मगर सम्मानित भइसकेका छन् ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22360, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =