राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह नजाने,परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने

राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह नजाने,परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह नजाने हुनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले  महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलाई स्वीकृत दिने निर्णय गरेको  छ ।

बुधबार सरकारले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री शाह महासभामा सहभागी नहुने भएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनाल गर्ने पक्का भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्नुहुने तयारी छ।

नेपालबाट संयुक्त राष्ट्रसंघको महासभामा सामान्यतः प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने परम्परा रहँदै आएको छ। यद्यपि, विगतमा परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवको नेतृत्वमा पनि नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी भएका उदाहरण छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर दोस्रो साता न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने कार्यक्रम छ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =